सरकारले रविमाथि निरंकुश, अलोकतान्त्रिक र अमानवीय व्यवहार गर्योःप्रचण्ड

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रवि लामिछानेमाथि सरकारबाट निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिएको बताएका छन । उनले लामिछानेमाथि गरिएको अमानवीय रोक्नको लागि पनि गम्भीर आग्रह गरेका छन् ।

सामाजिक संजालमा लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको उल्लेख गरेका छन् । ‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा.रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।’ प्रचण्डले लेखेका छन् ।

सहकारी ठगी आरोपमा अनुसन्धानका लागि पक्राउ परी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा झण्डै २ महिनादेखि रहेका लामिछानेलाई प्रहरीले बयानका लागि विभिन्न जिल्ला पुर्याइरहेको छ । कास्कीबाट रुपन्देही, चितवन, काठमाडौं पुर्याइएका लामिछानेलाई अहिले पर्सामा परेको उजुरीका आधारमा बयानका लागि वीरगञ्ज पुर्याइएको छ । उनले प्रहरीले हिरासतका क्रममा आफूमाथि दुर्व्यवहार गरिएको बताउँदै आएका छन् । प्रहरीले भने त्यसको खण्डन गरेको छ ।

उनले अदालतबाट दोषी ठहर नभएका र अध्याधिक जनमतद्धारा निर्वाचित भनेर लामिछानेको बचाउ गरेका छन् । प्रचण्डले फेशबुकमा लेखेका छनः
अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा।रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *