प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता

बेइजिङ ः चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिन फिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत थिए ।

यस्तै, सीसँगको भेटअघि प्रधानमन्त्री ओलीले बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका सहिदहरूको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली प्रकट गरेका थिए । मंगलबारै यसअघि प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी ली छ्याङबीच भेटवार्ता भएको थियो । ओलीलाई लीले ग्रेट हल अफ पिपलमा आयोजित समारोहमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *