नेपाल दर्पण, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले रास्वपाका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र व्यवसायी दुर्गा प्रसाईँलाई सरकारले अनावश्यक तनाव दिने काम गरेको बताएका छन् । थापाले रवि लामिछानेलाई अनुसन्धानको नाममा नयाँ नयाँ आरोप थप्दै लगेकोमा असहमति जनाएका छन् । आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको उनको भनाइ छ ।
थापाले अनुसन्धानमा रहेका रविबारे दोषी वा निर्दोषको फैसला अदालत र कानूनले गर्ने भन्दै त्यसमा आफ्नो कुनै टिप्पणी नभएको बताएका छन् । उनले अपराधीले उन्मुक्ति पाउन नहुनेपनि बताएका छन् । तर, अनावश्यक ढंगबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियतमाथि प्रश्न खडा भएको टिप्पणी गरेका छन् । उनले लामिछानेमाथि यथाशिघ्र अनुसन्धान टुँग्याई अदालतमा बुझाउन आग्रह गरेका छन् ।
‘रवि, छवि, दुर्गा प्रहरी अनुसन्धानमा छन् । निर्दोष वा दोषी फैसला अदालत र कानुनले गर्छ । मेरो कुनै टिप्पणी छैन । अपराधीले उन्मुक्ति पाउनु हुँदैन’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘तर, अनावश्यक ढङ्गबाट अनुसन्धान लम्ब्याउने, नयाँ नयाँ आरोप थप्दै लाने र एक प्रकारले मानसिक तनाव दिने कामबाट सरकारको नियत माथि प्रश्न खडा भएको छ ।’ उनले तिनै जनामाथि शीघ्र अनुसन्धान टुङ्गाइ अदालतमा बुझाउन आग्रह गरेका छन् । रवि र छवि सहकारी ठगीसम्बन्धी अनुसन्धानमा छन् भने प्रसाईंलाई फर्जी डकुमेन्ट सार्वजनिक गरेर साइबर अपराध गरेको आरोप लगाइएको छ ।
नेपाल दर्पण, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन फेरि…
नेपाल दर्पण, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिनाछलफल ०८७ मा संविधान संशोधन गर्छौं…
नेपाल दर्पण, काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक समापन भएको छ ।…
नेपाल दर्पण, काठमाडौं । तिब्बतको दिङ्गी केन्द्रबिन्दु बनाएर आज बिहान ६ ः ५० बजे गएको…
नेपाल दर्पण, काठमाडौं । जनताले मन नपराएको वर्तमान ओली सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक…
नेपाल दर्पण, काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेका तर्फबाट उनका…
This website uses cookies.