जनकपुरले कर्णालीलाई र चितवनले काठमाडौंलाई हरायो

नेपाल दर्पण, काठमाडौं ।

अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली याक्स ८ विकेटले पराजित

काठमाडौंविरुद्ध चितवनको सहज जित, पहिलो खेलमै तान्विरले लिए पाँच विकेट


काठमाडौं । नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य पछ्याएको जनकपुरले १४.१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यता, चितवन राइनोजले आफ्नो पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराएको छ ।

जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकिय पारि खेले । ४२ बलको सामना गरेका उनले ३ छक्का र ६ चौकाको मद्दतमा ६२ रन जोडेर नटआउट रहे । जिमी नीशमले १६ रन थपेको खेलमा ओपनर आसिफ शेखले ३६ रनको योगदान दिए । लाहिरु मिलान्था २४ रनमा आउट भए । जनकपुरले यसअघि उद्घाटन खेलमा विराटनगर किंग्सलाई हराएको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि १४२ रनको लक्ष्य दिएको थियो । अर्जुनले १९ औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।

नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए । चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिएका थिए ।

उता, काठमाडौंले प्रस्तुत गरेको ११२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । चितवनको जितमा सन्तोष कार्कीले अविजित २८ रन बनाए । समय लिएर ब्याटिङ गरेका सन्तोषले ३१ बलमा समान दुई चौका र एक छक्का प्रहार गरे । ६८–५ को कठिन स्थितिबाट सन्तोषले अनुभवी नेपाली ब्याटर शरद भेषवाकरसँग ४६ रनको साझेदारी गर्दै चितवनलाई जितसम्म डोहो¥याए । अविजित रहेका शरद पनि समय लिँदै २१ बलमा ११ रन थपे । लुक बेन्केन्स्टाइनले २२ रन बनाए । उनले १७ बलमा एक चौका र दुई छक्का प्रहार गरे । ओपनर हसन आइसखिलले १२ रन थपे । कप्तान कुशल मल्ल र रवि बोपाराले समान ११ रन जोडे । मध्यम योगफल भए पनि चितवनको ब्याटिङ आशातीत रहेन ।

चितवनले स्कोरबोर्डमा ६८ रन जोड्दा नै शीर्षक्रमका पाँच ब्याटरलाई गुमाएको थियो । तर, यसपछि सन्तोष र शरदको साझेदारी जमेपछि चितवन सहज जितसम्म पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *