रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर ५ जनाको मृत्यु

नेपाल दर्पण, काठमाडौं ।

रोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर ५ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । जिल्लाको सुनछहरी गाउँपालिका–३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गरेका कामदारलाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार, सुनछहारी गाउँपालिका–३, गाममा निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्कँदा सोही ठाउँका ४५ वर्षीय दुजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, २७ वर्षीया आइती परियार र ६६ वर्षीय देवीराम परियारको मृत्यु भएको छ । निर्माणाधीन झोलुंगे पुलको टेवा पर्खाल भत्कँदा उनीहरू पुरिएका थिए । मौलाबाङ र बाहिरी गाम जोड्न झोलुंगे पुल निर्माण भइरहेको थियो ।

पुल निर्माणमा सात मजदुर खटिएका थिए । पर्खाल भत्केको देखेपछि दुईजना भाग्न सफल भएका प्रहरीले जनाएको छ । बेपत्ता एक जनाको खोजी भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *