नेपाल दर्पण, काठमाडौं ।
रामेछापको गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको ज्यान गएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका–६ सिमलडाँडा भीरमा फोर्स गाडी दुर्घटना भएको हो । ना १ ज ७१२३ नम्बरको गाडीमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ । चौध सिट क्षमता भएको गाडीमा आठजना सवार रहेको खुलेको छ ।
दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछाप प्रहरीले जनाएको छ । दुर्घटनास्थल दुर्गम र विकट क्षेत्र भएकाले उद्धारका लागि कठिनाइ भएको र घाइतेहरूलाई उपचारका लागि हस्पिटल पठाउने काम भइरहेको पनि प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चालक हिराबहादुर कार्कीसमेत छन् । अन्य मृतकको पहिचान खुलेको छैन । घटनाबारे थप विवरण प्राप्त हुने क्रम जारी छ । वडाध्यक्ष बस्नेत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर चुनाव जितेका थिए ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.