एनपीएल खेल्न नेपाल पुगे भारतीय क्रिकेटर शिखर धवन

नेपाल दर्पण, काठमाडौं ।

भारतीय क्रिकेट टोलीका पूर्वसदस्य एवं कर्णाली याक्सका क्रिकेटर शिखर धवन एनपीएल खेल्न नेपाल पुगेका छन । शुक्रवार नेपाल आइपुगेका शिखर धवनले अन्तरराष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा आफू नेपाली क्रिकेटरहरूसँग खेल्न उत्साहित रहेको बताएका हुन् । नेपालसँग आफ्नो देशको पुरानो सम्बन्ध रहेको र नेपालमा आफू कहिल्यै नआएकाले एनपीएल खेल्न आफू तयार भएको उनको भनाइ छ ।

एनपिएल टोली कर्णाली याक्समा आबद्ध धवनलाई प्रति खेलको ३० हजार अमेरिकी डलर पारिश्रमिक निर्धारण गरिएको छ । काठमाडौं ओर्लिएका धवन नेपाली ढाका टोपीसहित देखिएका थिए । उनले आफू नेपालमा पहिलोपटक आएको भन्दै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने–“नेपालमा पहिलो पटक आएको छु । धेरै खुसी लागेको छ । कर्णाली याक्स र नेपालका स्थानीय खेलाडीसँग उत्साहित छु ।’

उनले एनपीएलमा राम्रो अन्तरराष्ट्रिय क्रिकेटर खेल्दा र उनीहरूसँग ड्रेसिङ रुम शेयर गर्दा नेपाली खेलाडीहरूको आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरे । उनले नेपाली क्रिकेटले अन्तरराष्ट्रियस्तरमा राम्रो गरिरहेको उल्लेख गर्दै सवै टिकट विक्री हुनुले पनि यहाँको क्रिकेट अवस्थाबारे दर्शाउने बताए । अन्तरराष्ट्रिय क्रिकेटरहरू नेपाल आउँदा यहाँको पर्यटनमा समेत टेवा पुग्ने उनको भनाइ छ । नेपाल बसाईको क्रममा आफू भगवान पशुपतिनाथको दर्शन गर्न जानेपनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *