स्वतन्त्र उमेदवारद्धारा रास्वपाका उमेदवारलाई समर्थन
नेपाल दर्पण, काठमाडौं ।
काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षमा स्वतन्त्र उमेदवार प्रकाश पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवारलाई समर्थन गरेका छन् । उनले रास्वपाका उमेदवार रोजिना श्रेष्ठलाई समर्थन गर्दै आफ्नो उमेदवारी निष्क्रिय गरेका हुन् ।
मंगलबार रास्वपाको कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले श्रेष्ठ योग्य उमेदवार भएकाले सहयोग गरेको बताए । मंगलबार रास्वपा पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरेर समर्थनको घोषणा गरिएको हो । ‘पछिल्लो राजनीतिक विभिन्न पक्षहरूको विश्लेषण गर्दा रास्वाकको तर्mबाट उम्मेदवार हुनुभएकी रोजिना श्रेष्ठ एक शसक्त उम्मेदवार भएको अनुभूति भयो,’ पन्तले समर्थनपत्रमा भनेका छन् ।
रास्वपा र आफ्नो प्रतिवद्धता पत्र समान उद्धेश्य प्राप्तिका लागि भएको र दुबैको प्रतिवद्धता कार्यान्वयन गर्ने सहमति बनेको पन्तले बताए । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि काठमाडौं–१६ मा वडाध्यक्ष पदमा १८ जनाको उमेदवारी परेको छ ।