एमाले नेतालाई छाड्नुले रविमाथि प्रतिशोध साधिएको स्पष्टःरास्वपा
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध लिएको पुष्टि भएको दावी गरेको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता मनिष झाले एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानूनी कारबाही नभएको घटनाले रविमाथि राजनीतिक प्रतिशोध साँधेको थप पुष्टि गरेको बताए । अधिकारीलाई कानूनी कारबाही नहुने भन्ने कुराले त्यसलाई प्रमाणित गरिसकेको उनको भनाइ छ ।
पार्टी सभापति रवि लामिछानेले सहकारीको व्याज तिरेको भौचरसहित प्रमाण भेटिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जवाफ दिएको छ । पार्टी कार्यवाहक प्रवक्ता मनिष झाले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफूहरूमाथि चौतर्फी प्रहार र भाला हान्ने काम भएको बताएका छन् ।
‘ब्याजै तिरेको भएपनि यसको सर्पोटमा डकुमेन्ट आएको छैन माइन्युटहरू बाहिर आएको छैन । अहिले यसमा डिबेट गरेर अतिरन्जित गरेर काम छैन’ उनले भने । उनले लिलाबल्वभ अधिकारीलाई छोड्ने घटनाले रास्वपामाथि प्रतिशोध साधिएको थप स्पष्ट पारेको पनि दाबी गरे । पत्रकार सम्मेलनको क्रममा रास्वपा नेता गणेश पराजुलीले कुन कानुन टेकेर अतिरञ्जित गर्ने अधिकार दिइएको भन्दै प्रतिप्रश्न पनि गरे ।