नेपाल दर्पण, काठमाडौं ।
नेपाल र चीनबिचको बिआई सम्झौताबारे भारतले चासो राखेको छ । भारतीय जनता पार्टीका प्रभावाली नेता तथा पूर्व विदेश विभाग प्रमुख डा. विजय जोलीले यसबारे चासो व्यक्त गरेका हुन । उनले नेपालका प्रधानमन्त्री आफ्नो गठबन्धनको मित्रको साथ मिलेर बीआरआईबारे जुनप्रकारको रणनीतिक सम्झौता गर्नुहुन्छ, मलाई आशा छ त्यो नेपालको हितमा हुनेछ । आज उहाँ चीन जाँदै हुनुहुन्छ, भोलि भारत आउँदा हामी स्वागत गर्छौं ।’ प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण र बीआरआईबारे के धारणा छ भनेर पत्रकारेले राखेको जिज्ञासामा नेता जोलीले नेपालका प्रधानमन्त्रीले कुन देश भ्रमण गर्ने भन्ने कुरा नेपालको निर्णय हुने भन्दै त्यसलाई आफूले सम्मान गर्ने बताए ।
नेपालमा बनेको कांग्रेस–एमालेको सत्ता गठबन्धनलाई आफूहरुले स्वागत गर्ने भन्दै यो गठबन्धन नै नेपालका लागि समयको माग भएको टिप्पणी गरेका छन् । उनले भने,‘आजको सन्दर्भमा नेपालमा कांग्रेस र एमालेको गठबन्धन छ, प्रधानमन्त्री केपी शर्मा ओलीजी र शेरबहादुर देउवाको नेतृत्वमा चलिरहेको सरकारलाई हामी स्वागत गर्छौं । यो गठबन्धन आजको समयको माग हो । कांग्रेस र एमालेको गठबन्धन नेपालको लोककल्याणको लागि हो ।’ उनले हरेक देशले आफ्नो स्वार्थको लागि कुटनीतिक रुपमा हात मिलाउने गरेको सुनाए । उनले भने,‘तर, यो आशा गर्छों कि सानो सानो मुद्दामा राजनीतिक प्रेरित राजनीतिक इस्युमा हुँदैन, हरेक देश आफ्नो देशको स्वार्थको लागि कुटनीतिक विश्वस्तरमा हात मिलाउँछन्, मित्रताको आयाम खोल्छन् । हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङले भुटानदेखि लद्दाकसम्मको सिमा विवाद सम्वाद र कुटनीतिक संलग्नताको माध्यम र समझदारीले सुल्झाउने पहल लिनुभएको छ, यो वैश्विक शान्तिको लागि पनि नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानको परिप्रेक्ष्यमा पनि लागु हुन्छ ।’
उनले नेपालमाथि भारतले नाकाबन्दी गरेको आरोप लगाएपनि त्यसमा सत्यता नभएको जिकिर गरे । उनले भने,‘हामीमाथि नेपालमा नाकाबन्दी लगाएको आरोप थियो । जुन सरासर राजनीतिबाट प्रेरिरत थियो ।’ नेपालका राजनीतिक दलको आन्दोलन र सिमामा अवरोधको कारण त्यस्तो अवस्था सिर्जना भएको उनको भनाई थियो । नेपाल र नेपाली मोटाप्रति आफ्नो उच्च सम्मान र लगाव रहेको पनि जोलीले सुनाए । उनले आफू भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख भैसकेको नाताले पनि विगत लामो समयदेखि नेपाल आवातजावत गर्ने गरेको स्मरण गराए ।
उनले ५० लाख नेपाली जनता अहिले पनि भारतमा रोजगारीमा रहेको तथ्यांक पेश गरे । उनीहरुको योगदानको कारण भारत अहिले सशक्त र बलियो बनेको जोलीको भनाई छ । पछिल्लो समय नेपाल र भारतबीच आर्थिक र व्यापारिक सम्बन्धपनि बलियो र प्रगाढ भैरहेको जोलीको दाबी छ । उनले भने,‘भारत र नेपालबीच सैनिक क्षेत्रमा पनि राम्रो साझेदारी छ । भारतका आर्मी चिफ पनि अहिले नेपाल भ्रमणमा हुनुहुून्छ । राष्ट्रपतिद्धारा सर्वोत्तम उपाधिबाट सम्मान हुँदैछ । दुवै देशले सूर्यकिरण नामको संयुक्त सैन्य अभ्यास गरिहेका छन् ।’ भारतले नेपालका विद्यार्थीहरुको लागि उच्च शिक्षामा छात्रावृत्तिपनि प्रदान गर्दै आएको उनले स्मरण गराए । उनले भारत र नेपालको सम्बन्ध सकारात्मक आधारशिलामा रहेको दाबी गरे । उनले भने,‘मलाई आशा छ–जनता जनताबीचको मित्रता नै दुई देशबीचको सम्बन्धको आधारशिला हो ।’
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.