इजरायलका प्रधानमन्त्री लगायत हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी

नेपाल दर्पण, काठमाडौं ।

अन्ताराष्ट्रिय फौजदारी अदालतले इजरायल र हमासका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसैक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नेतान्याहुबाहेक पूर्वरक्षामन्त्री योभ गालान्ट र हमासका नेता मोहम्मद डेफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ । तर, इजरायलले गत अगस्टमा गाजामा भएको हवाई आक्रमणमा डेफ मारिएको दाबी गरेको थियो । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी)ले बिहीबार युद्ध र मानवताविरुद्धको अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो ।

आईसीसीका अनुसार, नेतान्याहु र गालान्टले गाजाका नागरिकहरूलाई खाना, पानी, औषधि, चिकित्सा आपूर्ति, इन्धन र बिजुलीबाट वञ्चित गरेको आरोप छ । जुन युद्ध अपराधको श्रेणीमा परेको अदालतको भनाइ छ । अदालतका मुख्य अभियोजक करिम खानले गत मे महिनामा पक्राउ पुर्जी जारी गर्न अनुरोध गरेका थिए । गाजामा ठूलो भोकमरीको कारण नेतान्याहु र गालान्ट दोषी रहेको उनको आरोप थियो । आईसीसीको अधिकार क्षेत्रमाथि इजरायलको चुनौतीलाई खारेज गर्दै नेतन्याहू र गालन्टलाई वारेन्ट जारी गरेको आईसीसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

योसँगै आईसीसीका १२४ सदस्य राष्ट्रहरूले यो निर्णयबारे आफ्नो सहमति÷असहमति जाहेर गर्नेछन् । हमासका नेता देइफको मृत्यु भइसकेको अन्ताराष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । उनलाई दक्षिणी इजरायलमा आक्रमणको नेतृत्व गरेको र १ हजार २०० मानिसको हत्या गर्नुका साथै २५१ जनालाई बन्धक बनाएको आरोप थियो । हमास नेताहरूलाई मानवताविरुद्धका अपराध र युद्ध अपराधहरूको आरोप छ भने इजरायलका नेताहरूलाई नागरिकहरूमाथि जानीबुझी आक्रमण गर्ने लगायतका आरोप लाग्ने गरेको छ ।

यसैबीच संयुक्त राज्य अमेरिकाले भने यसअघि नै यस्तो आदेशको विरोध गरिसकेको छ । गत जेठमा नै अमेरिकी सदनका अध्यक्ष माइक जोन्सनले आईसीसीलाई प्रतबन्ध लगाउने बताएका थिए । अमेरिकाले भने आइसिसी कट्टरपन्थी आतङ्कवादी समूहविरुद्ध आफ्नो अस्तित्वको अधिकारको रक्षा गर्ने राष्ट्र इजरायललाई फसाउने अवैध अदालत भएको बताएको छ ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

19 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

20 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

20 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

21 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

2 days ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

3 days ago

This website uses cookies.