रास्वपा दुई भागमा विभाजित !

नेपाल दर्पण, काठमाडौं ।

पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा आएको सहकारीको रकमबारे हिनाबारे अनुसन्धानका लागि प्रहरी हिरासतमा छन । रवि पक्राउ परेपछि त्यसको विरोधमा रास्वपाले आन्दोलन गरिरहेको छ । यसैलाई निरन्तरता दिन अहिले फेरि दोस्रो चरणको आन्दोलनको स्वरुप लगायतको विषयमा छलफल चलिरहेको छ । तर आन्दोलन गर्ने वा नगर्ने भनेर पार्टी दुई भागमा विभाजित हुन पुगेको छ ।

जसरी रवि पक्राउविरुद्ध रास्वपा आक्रामक भएको थियो, त्यसरी नै शिथिल बनेको चर्चा चल्न थालेको छ । जसरी चीन भ्रमणमा रहेको रास्वपा टोली रवि पक्राउ पर्न वितिक्कै काठमाडौं फर्किएको थियो । स्थल र हवाइमार्ग भएर रास्वपाका सबै केन्द्रिय नेताहरु पोखरा पुगेका थिए । तर, विस्तारै पोखरामा पोखरेलीले साथ नदिएपछि काठमाडौं फर्किएर प्रदर्शन भयो । त्यतिबेलासम्म रास्वपाको आन्दोलन ठिकठाकै देखिन्थ्यो । तर, अब रास्वपामा आन्दोलनको विपक्षमा माहोल बन्दै गएको छ । रास्वपामा यतिबेला प्रष्टरुपमा दुई धार देखिन थालेको छ ।

उपसभापति डिपी अर्यालले नेतृत्व गरिरहेको एक धारको नजिक रहेका नेताहरु कार्यवाहक प्रवक्ता मनिष झा, सांसदद्धय सोविता गौतम र तोसिमा कार्कीहरु आक्रामक भएर आन्दोलनमा लाग्नुपर्ने पक्षमा रहेपनि अन्य नेताहरु मध्यमार्गी बाटो खोज्ने धाउन्नमा लागेका छन । रवि फौजदारी अभियोगमा पक्राउ परेका हुन् । तर, फौजदारी कसुरमा पक्राउविरुद्ध पनि आन्दोलन गर्दा विपक्षमा माहोल बन्दै गएको रास्वपा नेताहरुको निस्कर्ष छ । जसकारण उपसभापति अर्याललाई केन्द्रीय समिति बैठकमा कोरम पुर्याउन पनि सकस हुन थालेको छ ।

रास्वपामा पूर्व कांग्रेसी विरासतका नेताहरु डा स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ, चन्दा कार्की र विराजभक्त श्रेष्ठमात्र होइन् पूर्वएमालेका हरि ढकाल र सन्तोष परियार पनि आन्दोलनको विपक्षमा रहेका छन् । पूर्व कांग्रेसी नेताहरुको नेतृत्व वाग्लेले गर्दा अर्को पक्षको नेतृत्व अर्यालले गरिरहेका छन् । रास्वपामा रवि पक्राउविरुद्ध ब्याक फायर भएपछि स्थानीय तहको उपनिर्वाचनमा समेत सबै ठाउँमा उम्मेदवार उठाउन सकेन । राजधानीकै कीर्तिपुर नगरपालिका मेयरमा समेत रास्वपाले उम्मेदवार उठाएको छैन । काठमाडौंमा प्रतिनिधि सभा निर्वाचनमा ४० प्रतिशत क्षेत्र जितेको रास्वपा संसदीय निर्वाचनको दुई वर्षमै मेयरको उम्मेदवार नपाउने अवस्थामा आइपुगेपछि रास्वपाको भविष्यमाथि प्रश्न उठ्न थालेको छ ।

सभापतिको निर्देशन केही दिन मानेपनि स्वयं पार्टीका जिम्मेवार नेताहरु आन्दोलनलाई छाडेर राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्न थालेका छन् । उपसभापति अर्याल लगायतका नेताहरु सत्तारुढ दलहरुसँग वार्ताका लागि लबिङमा लागेका छन् । अर्याल र प्रमुख सचेतक रहेका सन्तोष परियारले गत साता नै प्रधानमन्त्ती केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेर रवि छुटाईदिन गुहार मागेका थिए । तर, सरकारले रवि छुटाउने भन्दापनि रास्वपाको आन्दोलनमा प्रश्न उठाएपछि त्यो प्रयास पनि सफल हुन सकेन । बरु राजनीतिक दलका नेतासँग वार्ता गर्ने जिम्मा स्वर्णिम वाग्लेलाई दिँदादिँदै डीपी बालुवाटार धाउन थालेको भन्दै पार्टीमा ध्रूव्रिकरण सुरु भएको नेताहरु बताउँछन् ।

पार्टी सभापति लामिछाने पक्राउविरुद्ध आन्दोलनरत रास्वपा यतिबेला शिथिल अवस्थामा पुगेको छ । २ कात्तिकमा पक्राउ परेका रवि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई बुटवल लगेर पनि बयान लिइएको थियो। काठमाडौं पनि ल्याउने तयारी छ ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

19 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

20 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

20 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

21 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

2 days ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

3 days ago

This website uses cookies.