रवि विरुद्ध चितवनमा पनि जाहेरी, काठमाण्डौंमा सहकारी पीडितहरुको प्रर्दशन
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि जाहेरी परेको छ । चितवनमा रहेको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जना विरुद्ध जाहेरी परेको चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । ‘उनीलगायत १० जनाविरुद्ध जाहेरी परेको छ, अहिले जाहेरीका विषयमा अध्ययन गरिरहेका छौँ’, केसीले संक्षिप्त कुराकानीमा भने। यो सँगै उनीविरुद्ध परेको जाहेरी ४ वटा पुगेको छ ।
चिवनमा रवि विरुद्ध जारी परिरहेको बेला यता काठमाण्डौंमा सहकारी पीडितहरुको प्रदर्शनका क्रममा माइतीघरमा झडप भएको छ । पीडितहरु नयाँ बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीको बलप्रयोगमा केही घाइते भएका छन । एकजनाको टाउको फुटेको र उपचारका लागि हस्पिटल लगिएको बताइएको छ । पीडितहरु नयाँ बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
चितवनमा रहेको साहारा सहकारी ठगीको मुद्दा अदालत पुगिकेको छ । गत असोजमा जीबी राईसहित १७ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको छ । यसपटक पुरक जाहेरीमा लामिछानेसहितका १० जनाको नाम किटान गरिएको छ । उक्त सहकारीका ३१९ बचतकर्ताको ३७ करोडभन्दा बढी रकम हिनामिना भएको भन्दै निवेदन दिएका थिए ।