एनपीएल मंसिर १५ बाट, पहिलो खेलमा विराटनगर र जनकपुर भिड्ने
नेपाल दर्पण, काठमाडौं ।
नेपाल प्रिमियर लिग (एनपीएल)को खेलतालिका सार्वजनिक भएको छ । सोमबार साँझ नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले एनपीएलको तालिका सार्वजनिक गरेको हो । जसअनुसार, पहिलो खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ । खेल मंसिर १५ गते शनिबार मध्याह्न १२ः१५ बाट सुरु हुने छ ।
प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुने छ । प्रतियोगिताको लिग चरणमा एक टिमले सात खेल खेल्ने छ । नेपाल क्रिकेट संघ (क्यान)ले यही मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलको खेल तालिका आज साँझ सार्वजनिक गरेको हो । एनपिएलको उदघाटन खेलमा विराटनगर किङ्गस र जनकपुर बोल्टबीच दिउँसो सवा १२ बजे प्रतिस्पर्धा हुनेछ । डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोली क्वालिफायरमा पुग्नेछन् ।
पहिलो क्वालिफायरमा पुग्ने दुवै टोलीबीच सीधै फाइनल प्रवेशका लागि पुस ३ गते प्रतिस्पर्धा गर्नेछन्। खेलको विजेता टोलीले सीधै फाइनलमा स्थान बनाउँदा पराजित टोलीले अंक तालिकाको तेस्रो र चौथौ स्थानमा रहने टोलीबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नुपर्नेछ । अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले पुस ३ गते नै एलिमिनेटर खेल्नेछन् । एलिमिनेटरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित टोलीसँग खेल्नुपर्नेछ । फाइनल खेल आगामी पुस ६ गते शनिवार हुनेछ ।