११ वर्षपछि नेपालले अफगानिस्तानलाई २–० हरायो
नेपाल दर्पण, काठमाडौं ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमले १३ महिनापछि अन्तर्राष्ट्रिय खेलमा जित निकालेको हो । नेपाली टिमले शनिबार ताजिकिस्तानमा अफगानिस्तानलाई ११ वर्षपछि जित निकालेको हो । २–० ले पराजित गरेको छ । शनिबार अफगानिस्तानविरुद्ध नेपाललाई जित दिलाउन जिलेस्पीजंग कार्की र रोहित चन्दले गोल गरे । खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
पहिलो हाफ गाल रहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा नेपालले आक्रामक लय राख्न पुग्यो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै मनीष डाँगीको गोलबाट नेपालले अग्रता बनाएको थियो । डाँगीले ४६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा रोहित चन्दले गोल थप्दै नेपाललाई २–० को अग्रतामा पु¥याए । निर्धारित र थपिएको अतिरिक्त समयमा थप गोल हुन सकेन । नेपाल विजयी भयो। फिफा वरीयतामा अफगानिस्तान नेपालभन्दा २५ स्थानमाथि छ ।
अन्तर्राष्ट्रिय फुटबलमा यसअघि नेपालले पछिल्लोपटक सन् २०२३ को अक्टोबरमा विश्वकप छनोट पहिलो चरणमा लाओसलाई १–० ले हराएको थियो । त्यसयताका सातमध्ये नेपालले ६ खेलमा हार र एक बराबरी खेलेको थियो । त्यति बेला नेपालमै आयोजित साफ च्याम्पियनसिपको सेमिफाइनलमा घरेलु टिमलाई १–० ले हराउँदै अफगानिस्तानले फाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा नेपालले दुईपटक पेनाल्टी पाए पनि रोहित चन्दले गरेको दुवै प्रहारलाई अफगानी गोलकिपरले विफल बनाएका थिए । त्यसयता यी दुई टिमबीचको यो पहिलो प्रतिस्पर्धा हो ।
नेपालले यस वर्षको नोभेम्बर फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय खेल खेलेको छ । अफगानिस्तानअघि नेपालले घरेलु टिम ताजिकिस्तानविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल ४–० ले पराजित भएको थियो । पछिल्लो फिफा वरीयतामा अफगानिस्तान १५१ औं स्थानमा रहँदा नेपाल १७६ औं स्थानमा छ ।