नेपाल दर्पण, काठमाडौं ।
खेलकुदसम्बन्धी चर्चित अन्तरराष्ट्रिय च्यानल स्टार स्पोर्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको प्रत्यक्ष प्रशारण गर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलनमार्फत एनपिएलको प्रशारण साझेदार स्टार स्पोर्ट्सँग रहने घोषणा गरेको हो । क्यानका सचिव पारस खड्काले एनपिएलको ब्रान्ड भ्यालु बढाउन स्टार स्पोर्ट्सजस्ता अन्तरराष्ट्रिय च्यानल आवश्यक रहेको र सोहीअनुरूप स्टार स्पोर्ट्ससँग सहकार्य गरेको बताए ।
एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म हुने भएको छ । क्यानले आफैं आयोजना गर्न लागेको यस फ्रेन्चाइज प्रतियोगितामा ८ वटा टोली सहभागी हुनेछन् । नेपाल प्रिमियर लिगमा वाग्मती प्रदेशबाट २ र अन्य प्रदेशबाट १÷१ टिम बनेका छन् । पहिलो संस्करण खेल्ने टोलीहरूमा काठमाण्डु गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् । यी टोलीमा शिखर धवन, रोहन मुस्तफा, बेन कटिङ, माइकल लेभिट, सैफ जाइब, ब्रान्डन म्याकमुलेन, उन्मुक्त चन्दलगायतका चर्चित विदेशी खेलाडीसमेत छन् ।
सो अवसरमा क्यान सचिव खड्काले २ दिनभित्र एनपिएलको खेलतालिका सार्वजनिक गरिने र मंसिर १६ गते कीर्तिपुरमा नै उपनिर्वाचन हुने भएकाले त्यस दिन खेल सञ्चालन नहुने स्पष्ट पारे । क्यानले एनपिएलको टाइटल स्पन्सरको रूपमा सिद्धार्थ बैंक रहने घोषणा पनि गरेको छ ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.