दार्चुलामा जिप दुर्घटनाग्रस्तः ८ जनाको मृत्यु ७ घाइते


नेपाल दर्पण, काठमाडौं ।

एकाबिहानै दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको जिप आज बिहान ४ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा आठजनाको मृत्यु भएको छ भने सात जना घाइते छन् ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–५, लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–९, नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलासैनी गाउँपालिका–५ का १५ वर्षीय सञ्जीव बोहरा, भारतको उत्तर प्रदेशस्थित विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर, सोही जिल्लाका १८ वर्षीय मोहमद बसिम, शैल्यशिखर–९, गोकुलेका ३५ वर्षीया मीना लेखक र डिलासैनी–५ का वीरेन्द्रसिंह बोहराको मृत्यु भएको दार्चुलाका प्रहरीले बताएको छ ।

दुर्घटनामा भारतको विजनौरका सुहिल साह, बैतडीको डिलासैनी–५ का उत्तम रोकाया, दार्चुलाको शैल्यशिखर–५ का सन्दीप रावल, सोही स्थानका प्रकाश रावल र मालिकार्जुन गाउँपालिका–८ निवासी जीपचालक सुनिल जोशी घाइते भएका छन् ।

मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ गइरहेको म१ज ३३८ नम्बरको जीप शुक्रबार (आज) बिहान करिब ४ बजे शैल्यशिखर–५, सिराडको खोलामा दुर्घटना भएको हो । जिप सडकबाट करीब १०० मिटर तल खसेको छ ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

20 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

20 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

20 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

21 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

2 days ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

3 days ago

This website uses cookies.