नेपाल महिला क्रिकेट टीम अण्डर १९ टी–२० विश्वकपका लागि छनोट

नेपाल दर्पण, काठमाडौं ।

नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू–१९ टी–२० विश्वकपका लागि छनोट भएको छ । नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो । घरेलु टिम युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकाल्दै नेपाली युवा महिला क्रिकेट टिम आईसीसी यू–१९ विश्वकपमा छनोट भएको हो । नेपाली यू–१९ महिला क्रिकेट टिम पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा यूएईले प्रस्तुत गरेको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा पूरा गरेसँगै विश्वकप यात्रा तय गरेको हो । विश्वकपमा छनोट हुन आज नेपालले यूएईविरुद्ध १६.२ ओभरमा जित निकाल्न पर्ने समीकरण थियो । समीकरणभन्दा अघि नै जित निकालेसँगै नेपाली युवा महिला टिम यू–१९ विश्वकपमा छनोट भएको हो ।

नेपालको जितमा ओपनर साना प्रविनले अविजित ३५ रन बनाइन् । उनले ४२ बलमा एक चौका प्रहार गरिन् । यस्तै, कप्तान पुजा महतोले २१, सोनी पाख्रिनले १३ र सवित्री धामीले १२ रन थपिन् । यूएईकी मेहक ठाकुरले दुई विकेट लिएकी थिइन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको घरेलु टिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो । यूएईकी समाइरा धर्निधर्काले ३१ रन बनाएकी थिइन् । रिनिथा रजिथले २० र इन्दुजा नन्दाकुमारले १० रन थपिन् । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यूएईका चार ब्याटर शून्यमा आउट भएका थिए ।

नेपालबाट कृष्मा गुरुङले चार विकेट लिएकी थिइन् । चार ओभर बलिङ गरेकी कृष्माले १३ रन खर्चिइन् । सिमा केसी र रिया शर्माले समान दुई विकेट लिँदा रचना कुमारी चौधरीले एक विकेट हात पारिन् । जितसँगै नेपालले यूएईलाई नेट रनरेटमा पछि पारेको हो । नेपालले ६ खेलबाट १० अंक जोड्यो र युएईले पनि ६ खेलबाटै १० अंक जोडेको भए पनि नेपाल नेट रनरेटका आधारमा यूएईलाई उछिन्दै विश्वकपमा छानिन सफल भएको हो । नेपालले कुवेतलाई १०८ रन र १६५ रनले तथा थाइल्याण्डलाई ६७ रन र १०६ रनले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल, यूएई, कुवेत र थाइल्यान्डको सहभागिता थियो ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

18 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

18 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

19 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

19 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

2 days ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

3 days ago

This website uses cookies.