हतकडी लगाएर मनाङेलाई जिल्ला अदालतमा पेस गरियो
नेपाल दर्पण, काठमाडौं ।
ज्यान मार्ने उद्योगमा प्रक्राउ परेका दिपक मनाङेलाई अदालतमा पेश गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई मंगलबार बिहान पक्राउ गरेपछि हतकडि लगाएर जिल्ला अदालत काठमाडौंमा पेश गरिएको हो । मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन ।
मनाङेलाई मंगलबार काठमाडौंको सानोभ¥याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । त्यसपछि ज्यान मार्ने उद्योग गरेको मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागि उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो ।
२०६१ सालमा मिलन गुरुङ (चक्रे)माथि खुकुरी प्रहार भएको मुद्दामा गुरुङलाई अदालतले दोषी ठहर गरेको थियो । काठमाडौं जिल्ला अदालतले कुटपिटको मुद्दा ठहर गरी मनाङेलाई २ वर्ष जेल सजाय सुनाएपछि सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले उक्त फैसला पल्टाउँदै ५ वर्ष कैद सजाय सुनाएको थियो । सोहि मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनको फैसलालाई सदर गर्दै गत मंगलबार ५ वर्ष कैदको फैसला सुनाएको हो । उक्त फैसलालाई यहि कार्तिक २० गते सर्वोच्च अदालतले सदर हुने ठहर गरेपछि प्रहरीले मनाङेलाई पक्राउ गरेको हो ।