नेपाल दर्पण, काठमाडौं ।
आज शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएको छ । विमानस्थलभित्र रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गर्न कात्तिक २३ देखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्न लागिएको हो । धावनमार्ग बिस्तारका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ३५ प्रतिशतसम्म कटौती हुने भएका छन् । राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल पूर्ण रुपमा बन्द गरिने छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक हवाई सेवा प्रदायक कम्पनीहरुलाई १० घण्टा उडान बन्द हुने जानकारी दिँदै विकल्पमा भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा प्रवाह गर्न आग्रह गरेको छ । १० घण्टासम्म विमानस्थल बन्द हुँदा काठमाडौंबाट हुने ३० प्रतिशत अन्तर्राष्ट्रिय र ३५ प्रतिशत आन्तरिक उडान तथा अवतरण कटौती हुँदैछन् । विमानस्थलबाट दैनिक सय वटा अन्तर्राष्ट्रिय र साढे तीन सय आन्तरिक उडान हुँदै आएका छन् । एशियाली विकास बैंकको १५ अर्बभन्दा बढी ऋण सहयोगमा विमानस्थलको क्षमता अभिवृद्धि हुन लागेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समय कटौती गरिएपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मर्मतका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन् । आज परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको बैठकमा मन्त्री डा. राणाले विकसित पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका लागि सो आग्रह गरेकी हुन् । सो बैठकमा मन्त्री डा. राणाले भनिन्, “वैदेशिक रोजगारीमा जाने नेपालीलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ । हवाई कम्पनीले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ ।”
नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन संघका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल गौतम एवं प्रतिनिधि प्रज्ञान न्यौपाने लगायतले मन्त्री डा. राणासँग आग्रह गरेका थिए ।
यसै विषयमा आधारित भई नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले मिडीयामा बोल्दै अब भैरहवा एअरपार्टको महत्व बण्ढ्ने बताएका छन । उनले भने, त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको क्षमता बढाउन विमानस्थल मर्मत गर्नुपर्ने भयो। त्यसैले केही समय विमानस्थल बन्द गर्नुपरेको हो । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ विस्तार गर्दै छ । त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ । स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता बढाई विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने लक्ष्य छ ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.