कमला ह्यारिसले गरिन हार स्विकार, जनवरी २० मा ट्रम्पको सपथग्रहण

नेपाल दर्पण, काठमाडौं ।

अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले आफ्नो हार स्विकार गरेकी छिन । उनले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गरेकी छन्। आफ्नो सम्बोधनका क्रममा ह्यारिसले शान्तिपूर्ण शासन हस्तान्तरणको लागि ट्रम्पलाई सहयोग गर्न आह्वान गरेकी पनि छन । ह्यारिसले सबै अमेरिकी जनताका लागि राष्ट्रपति बन्न पनि ट्रम्पलाई सुझाब दिएकी छिन ।

चुनावमा पराजय भोगेपछि हावर्ड विश्वविद्यालयमा आयोजित आफ्नो पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई ट्रम्पको जित स्वीकार गर्न समेत अपिल गरिन ्। उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ समेत आश्वासन दिइन । चुनावको नतिजा आफूहरुले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन आग्रह गरिन् । यसैबीच राष्ट्रपति जो बाइडनले समेत ट्रम्पलाई फोनमार्फत जितको बधाई दिँदै शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणका लागि आफ्ना प्रतिबद्धता व्यक्त गरेका छन ।

बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९४ मत प्राप्त गरेका छन् भने ह्यारिसले २२३ मत रहेको छ । केही ठाउँमा मतगणना जारी छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा सपथ लिनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *