नेपाल दर्पण, काठमाडौं ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले म्याद थपेको थप्यै छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । यसपटक फेरि अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिष गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.