सप्तरंगी टीका लगाइदिने तिहार अर्थात भाइटीकाको शुभसाइत सुरु

नेपाल दर्पण, काठमाडौं ।

दिदी–बहिनीहरुले आफ्ना दाजुभाइको आयु,आरोग्य र सुस्वास्थ्यको कामना गर्दै सप्तरंगी टीका लगाइदिने तिहार अर्थात भाइटीकाको शुभसाइत सुरु भएको छ। यसवर्ष भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । योसँगै टीका ग्रहरण पनि सुरू भएको छ । यस वर्षको तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको थियो ।

यो पर्वका दिन दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्छन् । यो दिन दिदीबहिनीले दाजुभाइलाई मेवा–मिष्ठान मनपर्ने कुरा दिने दिने गरिन्छ । त्यसैगरि दाजुभाइले दिदीबहिनीलाई दान–दक्षिणा तथा वस्त्र दिने परम्परा छ । यो पर्व परापूर्वकालमा बहिनी यमुना र दाजु यमराजसँग जोडिएको पाइन्छ । बहिनी यमुनाले दाजु यमराजलाई विशेष सम्मान गर्दै भाइपूजा गरेको धार्मिक कथन छ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट भइ सम्बन्धमा आएको चिसोपन हटाएर मिलन गराउने पर्वका रूपमा लिइन्छ ।

भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो र सयपत्रीको माला चाहिन्छ । त्यसैगरि रोटी र मीठा–मीठा परिकार पनि तयार गरिन्छ । सबैभन्दा पहिले दियो, कलश र गणेशको पूजा गरी बिमिराको पूजा गर्नुपर्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भइरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने साइत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *