सरकारलाई बालेको प्रहारःसिंहदरबारको वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई देउ
नेपाल दर्पण, काठमाडौं ।
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारलाई फेरि कडा प्रहार गरेका छन । उनले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौं महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन भनेका छन । मेयर साहले देश किन डुब्यो भन्ने कुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताएका छन । उनले सरकारी ९० प्रतिशत उद्योगहरु लिजमा दिएर बेचिने गरेको बताए । उनले लिजमा दिन नसके निजी संस्थाको प्रभाव र दबाबमा आएर सरकारी उद्योगहरुलाई डुबाइने गरेको बताए । उनले ०५८÷५९ सालमा यहाँको बजेट ५ करोड बजेट पाउने सिंहदरबार वैद्यखानाको अहिलेको बजेट १ करोड पनि नरहेको बताए ।
उनले सरकारले ५० करोड बजेट छुट्याए पनि कम हुने ठाउँमा बजेट नै नहुनु दुःखद् भएको बताए । उनले आयुर्वेदिक उपचार नेपालको संस्कार र संस्कृति भएको बताए । सिंहदरबार वैद्यखाना र आयुर्वेदलाई जोगाउन नसके देश जोगाउन नसकिने बताए । मन्त्रालयले एलोपेथिक र आयुर्वेदिक दुवैलाई बराबर हेर्ने गरेको बताए । उनले सरकारले हेरेका निकायहरु सबै डुबेको उदाहरण दिँदै मन्त्रालयले हेर्ने दृष्टिकोण सबैमा बराबरी रहेको बताए । डुबेका उद्योगहरु उकास्न जरुरी रहेको बताए ।
उनले भने, ‘यो देश किन डुबेको हो भन्दा अहिलेका साना विद्यार्थी, बाबुनानीहरु तथा अध्ययन गर्ने अभियन्ताहरु सबैले यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? दोष यो सरकारलाई मात्रै पनि दिनु हुँदैन । यहाँनेर सरकार परिवर्तन भएपिच्छे यहाँको एमडि चेन्ज हुन्छ। सिंहदरबार वैद्यखाना जोगाउन सकिँदैन, आयुर्वेदलाई जोगाउन सकिँदैन भने हाम्रो देश कसरी जोगाउन सकिन्छ ।
उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्णरुपमा सञ्चालन गर्ने जिम्मेवारी महानगरलाई दिनुपर्ने बताए । सरकारले वैद्यखाना सञ्चालन गर्न सक्दैन भने महानगरपालिकालाई दिनुप¥यो । महानगरपालिकाले सञ्चालन गर्छ ।’ बुधबार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।