साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपाल, बंगलादेशसँग भिड्ने

नेपाल दर्पण, काठमाडौं ।

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । साफ महिला च्याम्पियनसिप–२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–० ले हराएको हो । त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

आज खेल निकै तनावग्रस्त बन्यो । गोल विवादले झन्डै एक घण्टा १५ मिनेट खेल अवरुद्ध भएको थियो । विवाद समाधानपछि खेल सुरु भएको दोस्रो मिनेटमै नेपालबाट सावित्रा भण्डारीले गोल गरेकी थिइन् । त्यसअघि खेलको ७१ औँ मिनेटमा नेपालले ’विवादित गोल’ गरेको थियो । तर, त्यो गोलले मान्यता नपाएपछि खेल अवरुद्ध भएको थियो । दोस्रो हाफको २६ औँ मिनेटमा भारतले गोल गरेको थियो । तर, विपक्षी खेलाडी खुसियाली मनाउँदै गर्दा रेफ्रीको विवादित ‘प्ले अन ह्विसिल’पछि नेपालले गोल गरेको थियो ।

तर, रेफ्रीले त्यसलाई मान्यता नदिँदा नेपालको ‘बराबरी गोल’ खोसियो । यसबाट आक्रोशित दर्शकले बोतल प्रहार गर्दा खेल पुनः रोकिएको थियो । त्यतिबेला नेपालकी प्रीति राईले गोल गरेकी थिइन् । त्यसअघि दोस्रो हाफको सुरुवातमै नेपालकी रेखा पौडेलले रातो कार्ड पाएकी थिइन् । दोहोरो पहेँलो कार्डपछि रेखा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिइन् । रेफ्रीले रेखालाई रातो कार्ड देखाएपछि स्थिति तनावग्रस्त बनेको थियो । सुरक्षा चुनौती बढेपछि खेल झन्डै १५ मिनेट रोकिएको थियो । अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *