रास्वपाले आन्दोलन जारी राख्ने, राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका निम्ति हिरासतमा राखिएको निष्कर्ष निकालेको छ । शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षड्यन्त्र देखिएको भन्दै सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी लामिछानेको रिहाइको माग गरिएको छ ।

राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथितिविरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने निर्णय पनि गरेको छ । आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोलप्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने तथा राजनीतिक–नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने, आवश्यक उपसमितिहरु गठन गर्ने अख्तियारी सम्बन्धित समितिलाई दिइएको छ । स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन दिँदै बैठकले पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरु, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *