रास्वपाले आन्दोलनलाई जारी राख्ने, प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई भेटेको हल्ला

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारविरुद्धको आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ । आज केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकले आन्दोलनलाई जारी राख्ने निर्णय गरेको नेता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठक भोलि पनि बस्ने छ । आन्दोलनका कार्यक्रमको स्वरूपबारे भोलि जानकारी गराइने छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका पार्टी सभापति रवि लामिछाने कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । तर, रास्वपाले सरकारले प्रतिशोध साँधेर सभापति लामिछानेलाई पक्राउ गरेको निष्कर्ष निकालेको छ । पक्राउ परेलगत्तै सडक आन्दोलनमा उत्रिएको रास्वपाले बिहीबारसम्म पोखरामा प्रदर्शन गरेको थियो भने अब काठमाडौंमा प्रदर्शन सुरु गरेको छ ।

पुरा देशको ध्यान रवितिर केन्द्रित भैरहेको बेला यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको हल्ला बाहिरिएको छ । तर यो समाचार झुटो भएको उनको सचिवालयले जनाएको छ । माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पूर्वराजासँग भेटवार्ता गरेको दावीसहित सामाजिक सञ्जालमा व्यापक फैलिएपछि प्रचण्डको सचिवालयले यस्तो स्पष्टीकरण दिनु परेको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रचण्ड–पूर्वराजाको भेटवार्ताको समाचार हल्ला कपोलकल्पित र झुटमात्र भएको बताए । माओवादी सकिएर गए पनि पूर्वराजासँग भेटवार्ता नगर्ने उनको भनाइ छ । वरिष्ठ पत्रकार किशोर नेपालले समेत पूर्वराजा ज्ञानेन्द्रसँग प्रचण्डको भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा राखेपछि यो खबर व्यापक फैलिएको थियो । माओवादीलाई कमजोर बनाउन प्रायोजित तवरबाट कसैले यस्तो कपोलकल्पित हल्ला फैलाएको स्वकीय सचिव मल्लको आरोप छ ।
गणतन्त्रका लागि लडेको माओवादीले ज्ञानेन्द्रसँग भेटवार्ता गरेर देशमा फेरि राजतन्त्र ल्याउन माओवादी तयार हुनु बुझिने उनको भनाइ थियो । उनले यस्ता कपोलकल्पित प्रायोजित हल्लाको पछि नलाग्न पनि आग्रह गरे ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

19 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

20 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

20 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

21 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

2 days ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

3 days ago

This website uses cookies.