रवि लामिछानेसँग सरकारले प्रतिशोध साँधेको माओवादीको आरोप

नेपाल दर्पण, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । नेकपा माओवादी केन्द्रले आज गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष अग्नि सापकोटाले सहकारी ठगी प्रक्रियामा राज्यले पक्षपाती व्यवहार गरेको बताएका हुन् । ‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, त्यसैगरी नेकपा एमालेका ऋषिकेष पोखरेललगायतका लाई प्रमाण हुँदाहुँदै पनि खुला रुपमा संरक्षण गरिएको छ,’, उनले भने ।

सापकोटाले भने, ‘विपक्षी दलका नेताहरूलाई छानिछानी मुद्दा लगाउने, जेल हाल्ने काम गरिरहेको छ । आफ्नै नेताहरूलाई जोगाइ रहेको छ । धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै संरक्षण गरिएको छ । सुशासनको पक्षमा अघिल्लो सरकारले गरेको काम उल्टाउने भइरहेको छ’, प्रवक्ता सापकोटाले भने । उनले सहकारी ठगी प्रकरणमा जोडिएका कांग्रेस उपसभापति धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेललाई पनि कारबाही गर्नुपर्ने बताए ।

पोखराको सूर्यदर्शन लगायतका सहकारी ठगीमा मुछिएका लामिछाने शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा छन् । माओवादी केन्द्रले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *