नेपाल दर्पण पोखरा ।
कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अनुसन्धानका लागि थप सात दिनको समय दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । उनलाई सोही दिन राति पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले प्रहरीलाई अनुसन्धानका लागि भने पक्राउ परेकै दिन अर्थात् शुक्रबारबाटै गणना हुने गरी ६ दिन म्याद दिएको थियो । सोही प्रकरणमा प्रकाउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा आजै उपस्थित गराइएको थियो । ६ असोजमा पक्राउ परेका उनी प्रहरी हिरासतमै छन् । गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया मार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशी सहित १८ व्यक्ति र संस्था विरुद्ध किटानी जाहेरी परेको थियो । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ । बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै रास्वपाले आक्रोश पोखेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.