रवि लामिछानेलाई बयान लिन जिल्ला जिल्ला लगिने

नेपाल दर्पण, काठमाडौं ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीबारे बयान सकिएपछि रुपेन्देही लाने प्रहरीले तयारी गरेको छ । रुपेन्दीसँगै उनीहरुलाई वीरगन्ज, चितवन, काठमाडौंसमेत ल्याइने छ । वीरगन्जको सानोपाइला सहकारी, चितवनको साहारा र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा अवैध तरिकाले रकम आएको खुलेको थियो ।

यसैगरि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई सोमबार रुपन्देही लगिएको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणबारे बयान लिन जोशीलाई रुपन्देही लगिएको हो । उनी असोज ६ गते पक्राउ परेका थिए । पोखरा प्रहरी स्रोतका अनुसार सूर्यदर्शनसहित विभिन्न पाँचवटा सहकारीमार्फत ग्यालेक्सी टेलिभिजनमा रकम आएको खुलेको सहकारी रहेको जिल्लाहरुमा छवि र रविलाई लैजाने तयारी गरेको हो ।

जोशी ग्यालेक्सी टेलिभिजनका पूर्वसञ्चालक र रवि प्रबन्ध निर्देशक हुन् । संसद्को सहकारी ठगी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय छानबिन समितिले जीबी राईले स्थापना गरेको पाँच सहकारीमार्फत ६५ करोड रकम अवैध तरिकाले आएको खुलाएको थियो । गोर्खा मिडियाका अध्यक्ष जीबी राई भने अझैँ फरार छन् ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

19 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

20 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

20 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

21 hours ago

जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…

2 days ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

3 days ago

This website uses cookies.