केहि काम नगरी ओली सरकारको १०० दिन पुरा, कुलमानलाई हटाउने तयारी !

नेपाल दर्पण, काठमाडौं

विवादै विादमा फसेको ओली सरकारलेको सय दिन पुगेको छ । तर १०० दिनमा सरकारले सिन्को पनि भाच्न सकेको छैन । यो सरकार असार ३० गते सरकार गठन भएको थियो । देशका २० भन्दा बढी जिल्ला बाढी, पहिरो र डुबानले अस्तव्यस्त हुँदा पीडितको उद्धारमा सरकारी संयन्त्रको उपस्थिति कमजोर देखिएको थियो ।

दुई ठूला दल मिलेर गठन भएको बलियो सरकारले देश र जनताका लागि केही राम्रो काम गर्ने जनाताको अपेक्षा थियो । तर, एक सय दिनसम्म सरकारले ठोस र उपलब्धिमूलक काम गर्न नसक्दा आगामी दिन पनि सरकारले यसैगरी बिताइदिने त होइन भन्ने प्रश्न नागरिक तहबाट उठेको छ । आफुले काम नगर्ने तर राम्रो काम गरेकालाई हटाउनेतिर यो सरकार लागेको पनि देखिएको छ । यो सरकारले डेडिकेटेड र टंक लाइन विवादमा सरकारसँग आमनेसामने भइरहेका नेपाल विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङलाई हटाउने गरी सरकारले तयारी थालेको छ । कुलमानलाई हटाउने उदेश्यअनुसार नै सरकारले १५ बुँदे स्प्रष्टीकरण सोधेको छ । जसको जवाफ उनले अहिलेसम्म नबुझाएको स्रोतले जनाएको छ ।

दशैंअघिनै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले घिसिङलाई स्प्रष्टीकरण सोधेका थिए । मन्त्री खड्काले स्प्रष्टीकरण सोधेपछि घिसिङले भने पुरानै अस्त्र प्रयोग गर्दै डेडिकेटेड र टंक लाइनको विवादमा रहेका दुई दर्जन उद्योगको सूची तयार गरेका थिए । ती उद्योगको सूची तयार गर्दै यसै साताभित्र बाँकी रकम तिर्न निर्देशन दिएका छन् । सो रकम नतिरेमा लाइन काट्ने प्राधिकरणको चेतावनी छ । प्राधिकरणको चेतावनीपछि टंक लाइनको प्रयोग गरेका उद्योगीले कारबाहीबाट जोगिन् सरकार गुहारेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र टंक लाइन विवादमा उद्योगीको पक्ष लिएको घिसिङको आरोप रहेको छ । सरकार र प्रधिकरण एकअर्कामा हिलो छ्यापाछ्यापमा उत्रिँदा उद्योगीले तिर्नुपर्ने अर्बौं रकम उठ्न सकेको छैन् र सरकारले उद्योगीलाई काखी च्यापेको छ र कुलमानलाई हटाउनेतिर लागेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *