रविलाई थप ६ दिन हिरासतमा राख्न अदालतको आदेश

नेपाल दर्पण, पोखरा ।

सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका रवि लामिछानेलाई अदालतले थप ६ दिन हिरासतमा राख्न आदेश दिएको छ । अनुसन्धानका लागि ६ दिन म्याद थप भएको हो । पक्राउ परेको दिन (शुक्रबार)देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

अदालतले दिएको अनुमति अनुसार प्रहरीले अब लामिछानेलाई बुधबार अपराह्नसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ । त्यसपछि थुनाअवधि लम्ब्याउनु परे अनुसन्धानको प्रगति विवरणसहित अदालतबाट पुनः म्याद थपको अनुमति लिनु पर्दछ ।

न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न समय दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार पक्राउ परेका हुन् । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पु¥याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *