रास्वपाको झापा र पोखरामा प्रर्दशन, रविलाई आइतवार अदालतमा पेश गरिने
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समर्थकहरूले झापा र पोखरामा प्रर्दशन गरेका छन सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा छापाको गिरीबन्धु टी स्टेटको आगनमा र पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका हुन । प्रदर्शनकारीहरूले गिरीबन्धु टी स्टेटको गेटबाट पार्टी सभापति रवि लामिछानेको पक्षमा र सरकारको विपक्षमा नाराबाजी गरेका छन् ।
उनीहरूले ‘रवि दाइ, हाई हाई, भ्रष्ट सरकार बाई बाई,’ ‘नडराऊ रवि दाइ, जनता तिम्रो साथमा छ,’ ‘नेपाली कांग्रेस, मुर्दावाद,’ ‘नेकपा (एमाले), मुर्दावाद,’ सहितका नारा लगाएका छन् । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा पु¥याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा लगिएको हो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । आज सार्वजनिक बिदा परेका कारण लामिछानेलाई भोलि मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ । लामिछानेलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । लामिछानेले गोर्खा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत उक्त मिडियामा लगेर अपचलन गरेको आरोप छ