नेपाल दर्पण, काठमाडौं ।
सहकारी ठगी प्रकरणमा पक्राउ गर्न अदालतको अनुमति पाएपछि सिआईबीको टोली रवि लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय घण्टीघर पुगेको छ । सिआईबीका एसपी होविन्द्र बोगटी यतिवेला अदालतको पक्राउ पुर्जी लिएर लामिछानेलाई पक्राउ गर्न रास्वपाको मुख्यालय वनस्थली पुगेका हुन् । उनलाई आजै पक्राउ गरेर कास्की लैजाने प्रहरीको तयारी छ । अहिले रास्वपाको केन्द्रीय कार्यालयमा ठूलो संख्यामा सञ्चारकर्मी र रास्वपाका समर्थकहरूको उपस्थिति छ ।
यसअघि, कास्की जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो । सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको हो । कास्की जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।
यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । जोशी अझै ५ दिन हिरासतमै रहने भएका छन् । शुक्रबार अदालतले उनलाई अझै ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । गत असोज ६ मा पक्राउ परेका उनीविरुद्ध यसअघि पनि अदालतले पहिलो पटक ५ दिन र दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो । अदालत बन्द भएका कारण उनको १७ गतेदेखि नै म्याद थप हुन सकेको थिएन । विभिन्न ५ सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा ल्याइएको थियो ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.