बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न आदेश जारी

नेपाल दर्पण, नयाँ दिल्ली ।

बंगलादेशको एक अदालतले शेख हसिनालाई पक्राउ गर्न आदेश दिएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बिहीबार शेख हसिनासहित ४५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । गत अगस्ट ५ सम्म बंगलादेशको प्रधानमन्त्री भएकी शेख हसिना ‘कु’पछि भारतमै बस्दै आएकी छिन् ।

हसिना भारतमा बसेको २ महिनाभन्दा बढी भइसकेको विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ताले भने, पूर्वप्रधानमन्त्री शेख हसिना यसअघि छोटो सूचनामा भारत आएकी थिइन् । अहिलेको लागि उनी भारतमै रहनेछन । तर, हसिना भारतमा कति समय बस्ने भन्ने सरकारले भने खुलाइएको छैन ।

यसअघि शेख हसिनाले भारतबाट लण्डन जाने अनुमान मागेकी थिइन तर उनले लण्डनबाट स्वीकृति पाइनन् । त्यसपछि उनी अमेरिका र फिनल्याण्ड जाने चर्चा चलेको थियो तर अहिलेसम्म यसको कुनै जवाफ आएको छैन ।

शेख हसिना बंगलादेशमा २० वर्षसम्म सत्तामा रहेकी थिइन् । २३ जुन १९९६ मा उनी पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । हसिना लगायत अवामी लिगका शीर्ष नेताहरु सबैलाई मानवता विरुद्धको अपराधको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *