नेपाल दर्पण, काठमाडौं ।
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरिने भएको छ । कांग्रेस र एमालेका शीर्ष नेताहरु बसेर यो कदम चाल्न लागेका हुन् । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकनिकट उच्च स्रोतले जनाएअनुसार प्रहरीले लामिछानेलाई आजै पक्राउ गर्नेगरि तयारी थालेको छ ।
यसअघि दशैंअघि पनि लामिछानेलाई पक्राउ गर्न प्रहरीको टोली परिचालित भएको थियो । त्यसको विरोधमा लामिछानेले पार्टी कार्यालयमा पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेला पारेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली देशबाहिर भएको बेलामा पक्राउ गर्दा पार्टीलाई असर पर्ने भएपछि गृहमन्त्री लेखक त्यतिवेला ब्याक भएको चर्चा छ । प्रधानमन्त्री फर्किएलगत्तै मुलुकले बाढी, पहिरोबाट उत्पन्न विपत्तिको सामना गर्नुपरेको थियो । त्यसलगत्तै दशैं सुरु भएकोले लामिछानेलाई पक्राउ गर्ने काम थाँती रहेको जनाईएको छ ।
अहिले दशैंको बिदा सकिएको र कार्यालयपनि सुचारु हुन थालेकाले गृहमन्त्री लेखकले प्रहरी नेतृत्वलाई तत्काल एक्शन लिन निर्देशन दिएको बताईएको छ । सहकारी छानबिनको लागि गठन गरिएको संसदीय समितिले लामिछानेलाई दोषी देखाएको र कारबाहीको लागि सिफारिश गरिएपछि प्रहरीले पक्राउको लागि तयारी थालेको हो । सहकारी ठगी प्रकरणमै रविका व्यवसायिक साझेदार छविलाल जोशी भने पक्राउ परिसकेका छन् । उनी यतिवेला काँस्की प्रहरीको हिरासतमा छन् ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.