नेपाल दर्पण, काठमाडौं ।
धरानका मेयर हर्कराज राईले वडा अध्यक्षलाई कार्यवाहक तोकेपछि धरान उपमहानगरपालिकामा अहिले बबाल भएको छ । मेयर राई बेलायत जाने भएपछि उनले वडा नम्बर ११ का वडा अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक तोकेका छन् । मेयर राई अहिले धरान छाडेर काठमाडौं आइसकेका छन् । उनी भोलि बेलायत उड्ने बताइएको छ ।
स्थानीय सरकार सञ्चालन ऐनले ‘सात दिनभन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई कार्यभार दिने’ व्यवस्था गरेको छ । ऐनअनुसार पहिलो प्राथमिकता उपप्रमुखकै देखिन्छ ।
उपमहानगरपालिका प्रमुख अईन्द्र विक्रमले मेयर राईलाई कार्यवाहक तोक्ने तजबीजी अधिकार नरहेको बताएका छन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्वत आफू कार्यवाहक हुने उनको दाबी छ । ‘कार्यवाहक तोक्ने कुरामा तजविजी अधिकार नगरप्रमुखलाई छैन । व्यक्तिगत ढंगले कसैलाई लागेर तजविजी प्रयोग गर्ने कुरा हुँदैन,’– उनले भनेका छन् ।
यता, वडा नं. ११ का वडा अध्यक्ष फागुले हिजोदेखि आफूले कार्यवाहकको जिम्मेवारी सम्हालेको बताएका छन । उनले उपमेयरलाई कार्यवाहक दिनुपर्ने भनेर विवाद आइरहेको पनि बताए । तर, आफूले माग्दै नमागी कार्यवाहक दिइएको उनको भनाइ छ । ‘मैले हिजोदेखि कार्यवाहक सम्हालिसकेँ । विवाद आएको छ, कार्यवाहक उपमेयरज्यू हुनुपर्ने भन्ने भनाइ छ । अब दिनुभएन, मैले मागेको होईन । दिनुभयो के गर्ने ?’ उनले भने ।
आफूले कार्यवाहकको जिम्मेवारी बहन गर्दैगर्दा कुनै पनि अवरोध नरहेको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत र मेयर राईका स्वकीय सचिवसँगको सहकार्यमा काम भइरहेको उनले बताए । मेयर राई आगामी कात्तिकको १५ देखि १७ गतेसम्ममा नेपाल फर्किने बताइएको छ ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.