पूर्वराजा ज्ञानेन्द्रले सर्वसाधारणलाई लगाइदिए टीका

नेपाल दर्पण, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिएका छन । शाहले निर्मल निवासमा सर्वसाधारणलाई विजयादशमीको टीका लगाइदिएका हुन । शाहले आफ्नो निवासमा टीका ग्रहण गर्नका लागि आउने शुभेच्छुक तथा सर्वसाधारणलाई टीका र जमरा लगाइदिएका हुन् ।

शनिबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् । पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । लगििपूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् । दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका र जमरा प्रदान गरेको राष्ट्रपति सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं सर्वसाधारण राष्ट्रपति कार्यालय पुगेका थिए ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रूपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरूले पनि निरन्तरता दिँदै आएका छन् ।
दुर्गापक्षको मुख्य दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दसैँ घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *