भाटभटेनीले दिएको ‘दान’मा एमालेको पार्टी कार्यालय बन्दै
नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एमाले) को नयाँ पार्टी कार्यालय भाटभटेनीले बनाइदिने भएको छ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र श्रीमती सावित्री गुरूङले नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका हुन् । भवन निर्माणको आज शिलान्यास गरिएको छ । काठमाडांैंको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरमा नयाँ बन्ने भवनको आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीसँग भवन शिलान्यास कार्यक्रममा मिनबहादुरपनि सामेल थिए ।
गुरुङ दम्पतीले एमालेको भवन बनाउनको लागि १० रोपनी १४ आना जग्गा दान गरेका हुन् । त्यसमा अब अध्याधुनिक कार्यालय बन्नेछ । भाटभटेनीलेले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने जनाइएको छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित एमाले कार्यालय बनाउन लागिएको हो । एमालेका महासचिव शंकर पोखरेलले मीनबहादुर गुरुङ र सावित्री गुरुङले सो जग्गा दान गरेको बताए । गुरुङ दम्पतीले दिएको १० रोपनी १४ आना जग्गामा एमालेको अत्याधुनिक भवन बन्नेछ । एमालेको कार्यालय रहेको ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा पटक पटक बाढीले क्षति गरेपछि कीर्तिपुरमा नयाँ भवन बनाउन लागिएको हो ।
भवन शिलान्यासपछि गुरुङले आफूले सबै पार्टीलाई सहयोग गरेको र एमालेलाई पनि सोहीअनुसार सहयोग गरेको बताए । उनले शिलान्यास गरिएको भवन एक वर्षभित्र बनाएर आउने घटस्थापनाका दिन एमालेलाई हस्तान्तरण गर्ने गुरुङले जानकारी दिए ।