१५–१५ लाखमा बिके क्रिकेटर भीम साकी, आरिफ शेख र अनिल कुमार
नेपाल दर्पण, काठमाडौं ।
नेपाल प्रिमियर लिगका खेलाडीहरुको अक्शन शुरु भएको छ । यस क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर भीम सार्कीलाई काठमाण्डु गुर्खाजले किनेको छ । आज भएको अक्सनमा १० लाख न्यूनतमा मूल्य राखेका उनलाई किन्न काठमाडुसँग कर्णाली र चितवले चाहेका थिए । गोलाप्रथा हुँदा भीम १५ लाखमा काठमाडुमा आवद्ध भएका हुन् । यसअघि लोकेश बम, विवेक यादव, अनिल साह, सागर ढकाल, ललित राजवंशी, प्रतीश जिसीलगायतले पनि १५ लाख मूल्य पाएका थिए ।
यस्तै, र आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । १५ लाख हालेर आरिफलाई सुदूरपश्चिमले किनेको हो । ग्रेड ए मा रहेका उनलाई किन्न अक्सनमा तीनवटा टिमले बोलकवल गरेका थिए । अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् । आरिफ एक दिवसीय फर्माट्का लागि परिचित खेलाडी हुन् । टी–२० मा उनले ७४ खेल खेल्दा १०४४ रन जोडेका छन् भने २३ विकेटसमेत लिएका छन् ।
यसैगरि राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर अनिल कुमार साह जनकपुर बोल्ट्समा आवद्ध भएका छन् । १५ लाख हालेर अनिललाई जनकपुरले किनेको हो । अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो । जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।