नवनियुक्त प्रधानन्यायाधीशले लिए पद तथा गोपनीयताको सपथ

नेपाल दर्पण, काठमाडौं ।

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता बसन्त प्रसाद पन्थीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
सपथग्रहण लगत्तै नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले अबको न्यायपालिका गरिमामय हुने बताएका छन् ।

आइतबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको कार्यभार सम्हालेपछि उनले न्यायालय लयमा फर्किएको जिकिर गरे । अब न्यायालयले फड्को मार्ने उनले बताए । “अबको न्यायालय एकदम गरिमाय हुनेछ । समृद्ध बनाउने प्रयत्न हुन्छ, मर्यादायुक्त हुन्छ,” पत्रकार सम्मेलन गर्दै प्रधानन्यायाधीश राउतले भने, “निष्ठाले ओतप्रोत न्यायाधीशहरूको टिमले भोलिका दिनमा आफ्ना कामद्वारा प्रश्नहरूको जवाफ दिनुहुनेछ ।”

उनले न्यायपालिका लयमा फर्कन सर्वोच्चमा रहेका न्यायाधीश र कर्मचारीहरूको संयुक्त प्रयासले सम्भव भएको बताए । आफूसँग सक्षम न्यायाधीश र कर्मचारीको टिम रहेको उनले उल्लेख गरे । पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार नै न्यायालयको सुधार हुने उनले बताए । न्यायालयको सुधारका निम्ति विकृति, विसंगतिको अध्ययन गर्न गठित पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीको समितिका सदस्य समेत रहेका राउतले उक्त प्रतिवेदनले औँल्याएका कमी–कमजोरी पनि सच्याउँदै यसप्रति नागरिक आस्था फर्र्काउने सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *