नेपाल दर्पण, काठमाडौं ।
मकवानपुरको हेटौंडाबाट आठ किलोभन्दा बढी सुनसहित दुई भारतीय पक्राउ परेका छन् । उक्त सुनको मूल्य ११ करोडभन्दा बढी रहेको बताइएको छ । प्रहरीका अनुसार बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा बराबरको अवैध सुन फेला परेको जिल्ला प्रहरीका कार्यालयका डीएसपी श्याम अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड छन् । उनीहरू दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लाग िराजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको डीएसपी अर्यालले बताए । स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ वटा बिस्कुटको आकारको (तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम) सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.