ओली, देउवा र प्रचण्डले देश बिगारे, भ्रष्ट र बेइमानहरुको विगविगीः लिङदेन
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द लिङदेनले केपी ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाललगायतका ठूला दलका नेताहरुले देशलाई बिगारेको बताएका छन । विगत लामो समयदेखि कांग्रेस, एमाले र माओवादी केन्द्रनै सरकारमा रहेकाले उनीहरुले देश बिगारेको उनको तर्क थियो ।
झापामा आयोजित पार्टी निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन जिल्ला समिति झापाको अधिवेशनमा बोल्दै अध्यक्ष लिङदेनले ठूलो दलहरु सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेकाले मुलुक बन्न नसकेको पनि बताए ।
उनले राप्रपाले सरकारको नेतृत्व गर्ने अवसर पाए मुलुकमा १० वर्ष भित्र राम्रो रोजगारीको व्यवस्था गराउन सकिने बताए । अध्यक्ष लिङदेनले राजनीतिमा भ्रष्ट र बेइमानहरुको विगविगी रहेको पनि बताए ।