प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
नेपाल दर्पण, काठमाडौं ।
संघीय संसदको संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरेको छ । उनी भावी प्रधानन्यायाधीशमा अनुमोदित भएका हुन् । संसदीय सुनुवाई समितिको आज बसेको बैठकले राउतलाई सर्वसम्मत अनुमोदन गरेको हो ।
गत भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । प्रधानन्यायाधीशमा सिफारिस भएका राउतको आज संसदीय सुनुवाइ सकिएसँगै उनको नाम सर्वसम्मतीले अनुमोदन गरिएको छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ आगामी असोज २० गते उमेर हदका कारण अवकाश जाँदैछन् ।
त्यस्तै बैठकले अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादवको नामसमेत अनुमोदन गरेको छ । समितिले बुधबार नै यादवको सुनुवाई गरेपछि सर्वसम्मतले अनुमोदन गरिएको समिति सदस्य आनन्दप्रसाद ढुङ्गानाले जानकारी दिए । त्यसअघि सुनुवाईका क्रममा यादवले नेपालको जलस्रोतको विकासमा अष्ट्रेलियाको लगानी भित्र्याउने, अष्ट्रेलियासँग शैक्षिक तथा सांस्कृतिक सम्बन्ध पनि सुधार गर्नेलगायतका कार्ययोजना प्रस्तुत गरेकी थिइन ।