मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक लाख तिरेर छुटे
नेपाल दर्पण, काठमाडौं ।
असोज ६ पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक लाख तिरेर छुटेका छन् । काठमाडौं जिल्ला अदालतले मागेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार साँझ रिहा भएका हुन् ।
अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले उनीसँग दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । सोही आदेश अनुरुप उनी धरौटी बुझाएर साँझ रिहा भएका हुन् । प्रहरीको साइबर ब्यूरोले उनलाई असोज ६ गते भक्तपुरस्थित आफ्नै घरबाट पक्राउ गरेको थियो। उनीविरुद्ध विद्युतीय अपराधसम्बन्धी दुईवटा मुद्दा दायर भएको थियो।
जिल्ला अदालत काठकमाडौंबाट धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्रीले पनि आफूसँग हारेको टिप्पणी गरेका छन् । एक लाख धरौटी बुझाएर रिहाइ भएका प्रसाईँलाई उनका समर्थकले अभिनन्दन गरेका थिए ।